प्रो क्लब टी–२० क्रिकेट

उत्तर प्रदेशमाथि एपीएफको जित

नेपालभ्युज

उत्तर प्रदेशमाथि एपीएफको जित

काठमाडौं। नेपाल प्रो क्लब टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले सुखद सुरुवात गरेको छ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले उत्तर प्रदेशलाई ८ रनले पराजित गरेको हो।

१०२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको उत्तर प्रदेशले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ९३ रन बनायो। उत्तर प्रदेशका लागि निखिल प्रतापले ४१ र मन्थन प्रसादले अविजित ३९ रन बनाए। एपीएफका लागि अमर रौतेलाले २ र नारायण जोशीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफ १९ ओभरमा १०१ रनमा अलआउट भयो। एपीएफका लागि हरिशंकर शाहले ३४ र लोकेश बमले १५ रन बनाए। उत्तर प्रदेशका तरुण कुमारले १६ रन खर्चेर ५ विकेट लिए। उनले १८ ओभरमा ४ विकेट लिए।

उत्तर प्रदेशको भने यो लगातार दोस्रो पराजय हो। बिहीबार उत्तर प्रदेश पर्सासँग १ विकेटले पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved