:

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ९ विकेटले पराजित गरेको हो। यो सुदूरपश्चिमको पहिलो जित हो।

७२ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमका लागि कविता जोशीले अविजित २४ र रेवती धामीले अविजित १७ रन बनाइन्। रुबी पोदारले १४ रन जोडिन्। लुम्बिनीको लागि मधु डीसीले १ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र ७१ रन बनाएको हो। लुम्बिनीका लागि सरस्वती पुनले १९ र आश्मा पुलामी मगरले १६ रन बनाए।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले २ तथा रितु कनौजिया, अनु कडायत र इश्वरी विस्टले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved