प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीले कर्णालीलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीले कर्णालीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा गण्डकीले कर्णालीलाई ४४ रनले पराजित गरेको हो। १४२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा मात्र ९७ रन बनाएको हो।

कर्णालीका लागि गौरी बोहोराले २६ र यमुना थारुले २१ रन बनाइन्। गण्डकीका लागि भने रचना चौधरीले २, सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको गण्डकीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १४१ रन बनायो। गण्डकीका लागि अन्जली विश्वकर्मा र ज्योतस्निका मरासिनीले अर्धशतकीय पारी खेले। अन्जलीले ४८ बलमा ८ चौका प्रहार गर्दै ५१ रन जोडिन्। ज्योत्स्निकाले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved