बालिकालाई यौनजन्य कार्यमा लगाउने एक युवक टोखाबाट पक्राउ

चार बालिकाको उद्धार

नेपालभ्युज

बालिकालाई यौनजन्य कार्यमा लगाउने एक युवक टोखाबाट पक्राउ

काठमाडौं । प्रहरीले बालिकाहरुलाई यौनजन्य कार्यमा लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले टोखा नगरपालिका– ९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका– ६ घर भएका २४ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको हो।

तामाङले नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउने गरेका थिए ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाको उद्धार पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved