प्रधानमन्त्री कप महिला क्रिकेटः

गण्डकीले दियो कर्णालीलाई १४२ रनको लक्ष्य, अन्जली र ज्योतस्निकाको अर्धशतक

नेपालभ्युज

गण्डकीले दियो कर्णालीलाई १४२ रनको लक्ष्य, अन्जली र ज्योतस्निकाको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० प्रतियोगितामा गण्डकीले कर्णालीलाई १४२ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको गण्डकीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १४१ रन बनाएको हो। गण्डकीका लागि अन्जली विश्वकर्मा र ज्योतस्निका मरासैनीले अर्धशतकीय पारी खेले। अन्जलीले ४८ बलमा ८ चौका प्रहार गर्दै ५१ रन जोडिन्। ज्योतस्निकाले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाइन्।

कर्णालीको लागि भने यमुना थारु र अन्जु गुरुङले २–२ तथा रश्मी खड्काले १ विकेट लिइन्।

यस्तै, कीर्तिपरमा जारी खेलमा बागमतीले कोशीलाई ८८ रनको लक्ष्य दियो।पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ८७ रन बनायो। बागमतीको लागि यशोदा विस्टले ४१ र कप्तान अस्मिना कर्मचार्यले २४ रन बनाइन्।

कोशीका लागि सवनम राई र अप्सरी बेगमले २–२ तथा संगीता राईले १ विकेट लिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved