युरोपको सर्वोच्च अदालतले भन्यो- सुपर लिग रोक्ने युइएफएको कदमले इयुको नियम तोडेको छ

नेपालभ्युज

युरोपको सर्वोच्च अदालतले भन्यो- सुपर लिग रोक्ने युइएफएको कदमले इयुको नियम तोडेको छ

ब्रसेल्स । युरोपको सर्वोच्च अदालतले बिहीबार प्रतिद्वन्द्वी सुपर लिगको निर्माण रोक्ने फुटबल प्रशासक निकाय युइएफए र फिफाको कदमले युरोपेली युनियन (इयु) को कानूनलाई तोडेको फैसला गरेको छ ।

युरोपेली न्यायालयले फैसलामा भनेको छ, “फिफा र युइएफएले सुपर लिगजस्ता कुनै पनि नयाँ इन्टरक्लब फुटबल परियोजनाहरूलाई उनीहरूको पूर्वस्वीकृतिको अधीनमा राख्ने र क्लब तथा खेलाडीहरूलाई ती प्रतियोगिताहरूमा खेल्न निषेध गर्ने नियमहरू गैरकानूनी छन् ।”

लिखित फैसलाको सारांशमा अदालतको फैसलाको अर्थ सुपर लिग परियोजनालाई अब अधिकार दिनुपर्छ भन्ने नभई केवल फिफा र युइएफएले फुटबल बजारमा ‘प्रभावशाली स्थितिको दुरुपयोग’ गरिरहेका छन् भन्ने हो भनिएको छ ।

सुपर लिग आयोजना प्रवर्द्धन गर्ने कम्पनी ए२२ स्पोर्ट्सले फैसलाबाट आफ्नो विजय भएको दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी बर्नाड रिचर्टले ए२२ अकाउन्टबाट सामाजिक मिडिया पोस्टमा घोषणा गरेका छन्, “हामीले प्रतिस्पर्धा गर्ने अधिकार जितेका छौँ, युइएफएको एकाधिकार समाप्त भएको छ, फुटबल निःशुल्क छ ।” एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved