माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । हिजोको बैठकमा विषयवस्तुमा मात्रै प्रवेश भएकाले आज निर्णायक बैठक बस्ने माओवादीले जनाएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा पार्टीले निर्णय गर्ने छ ।

माओवादीको ४ महिना पार्टी रुपान्तरण अभियान पुस १६ गते सकिदै छ । बैठकले केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनको मिति तय गर्ने सचिव गणेश साहले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved