यम बराल र मीरादेवी राईको स्वरमा ‘टुङ्नाको धुन’

नेपालभ्युज

यम बराल र मीरादेवी राईको स्वरमा ‘टुङ्नाको धुन’

काठमाडौं । चर्चित गायक यम बराल र मीरादेवी राईको स्वरमा तामाङ सेलो गीत ‘टुङ्नाको धुन’ सार्वजनिक भएको छ ।

समीप इन्टरटेनमेन्ट युट्युब च्यानलमा रिलिज भएको गीतमा मीरादेवीको शब्द र यम बरालकै सङ्गीत छ । गीतलाई बलराम समालले एरेन्ज गरेका हुन् ।

तामाङ सेलो नाच्दै मायाप्रेमको कथा बुनिएको गीतको भिडिओका बुद्धि तामाङलगायतका कलाकार छन् ।

एकल साँझमा यम बराल : कहिले नचाए, कहिले रुवाए

सुनिल न्यौपाने, नीराञ्जली लामा, समीप न्यौपाने, शिव रिमाल र भीमार्जुन ओली फिचर्ड छन् । भिडिओलाई दिलीप समनले निर्देशन गरेका हुन् ।

भिडिओमा नवराज उप्रेतीको छायांकन, रोशन विश्वकर्माको कोरियोग्राफी र नहकुल खड्काको सम्पादन छ ।

गायक यम बरालको ‘खुशीको गीत’को भिडियो सार्वजनिक

चेपाङ विद्यार्थीको सहयोगको लागि गायक यम बरालको एकल साँझ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved