गायक यम बरालको ‘खुशीको गीत’को भिडियो सार्वजनिक

नेपालभ्युज

गायक यम बरालको ‘खुशीको गीत’को भिडियो सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायक यम बरालको स्वर रहेको ‘खुशीको गीत’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको हो।

वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत निर्देशनमा तयार भएको गीतमा कमल सौरागको संगीत संयोजन छ। भिडियो बुढासुब्बा डिजिटलको युट्युबमार्फत रिलिज भएको हो।

निर्देशक आचार्यका अनुसार यो भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीले अभिनय गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved