मेनुका पौडेलले गाएको हिन्दी सिनेमाको गीत युट्युवमा भाइरल बन्दै

नेपालभ्युज

मेनुका पौडेलले गाएको हिन्दी सिनेमाको गीत युट्युवमा भाइरल बन्दै

काठमाडौ । नेपालकी गायिका मेनुका पौडेलले भारतीय फिल्म सलारका लागि गाएको गीत युट्युवमा सार्वजनिक भए लगत्तै सबैको रोजाईमा पर्न थालेको छ । युट्युवमा राखिएको दुई घण्टामै ५ लाख भन्दा बढीले गीत हेरिसकेका छन् ।

‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीतले छोटो समयमै लाखौ दर्शकलाई इन्गेज गराएको हो । यो गीतसँगै मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । मेनुकाका लागि अब बलिउडमा पाश्र्व गायनका लागि ढोका खुलेको छ ।

भिडियोमा हेर्नुहोस्

लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ । रवि बसरुरको संगीत गरेको गीतको शब्द रचना भने रिया मुखर्जीको हो । यो फिल्म डिसेम्बर २२ मा रिलिज गरिने निर्माणपक्षको भनाई छ ।

मेनुका इण्डियन आइडलको टप १४ मा पुगेकी प्रतष्पर्धी समेत हुन् ।

नेपालको संगीत बजारले चिन्न नसकेकी मेनुकालाई भारतीय हस्तीहरुले भने स्विकारेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved