राष्ट्रिय सभा अध्यक्षमा सत्ताघटक तीन दलले दाबी गरेपछि भागबन्डामा सकस

राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले एक्लिँदै

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ताघटक दलहरु एक एक हुने निश्चित भइसकेको छ । तर दलहरुको भागमा पर्ने सदस्य संख्या र राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा भने कुरा मिल्ने सकेको छैन ।

नेपालभ्युज

राष्ट्रिय सभा अध्यक्षमा सत्ताघटक तीन दलले दाबी गरेपछि भागबन्डामा सकस

काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ ११ गते मतदानको मिति तोकिएको छ । उक्त राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ताघटक दलहरु एक एक हुने निश्चित भइसकेको छ । तर दलहरुको भागमा पर्ने सदस्य संख्या र राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा भने कुरा मिल्ने सकेको छैन ।

राष्ट्रिय सभा अध्यक्षका लागि सत्तारूढ दल नेपाली कांग्रेस, माओवादीकेन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहेको छ । यसबीच अध्यक्षका दाबेदार तीन दल र जनता समाजवादीका शीर्ष नेताहरूले सोमबार यसबारे छलफल पनि गरे । तर छलफल सहमतिको दिशामा अघि नबढेको बताइएको छ ।

अहिलेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि पदाधिवधि सकिने भएकाले नयाँ अध्यक्ष चयन गर्नुपर्नेछ । अहिले माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष छिन् । माओवादीले उपाध्यक्ष पद छाडेर अध्यक्ष लिन चाहेको बताइएको छ ।

त्यस्तै नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षका लागि सशक्त दाबी गरिरहेको छ । कांग्रेसमा राष्ट्रिय सभा सदस्य हुन नेताहरू गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलाले लबिइङ सुरु गरिसकेका छन् ।

त्यस्तै एकीकृत समाजवादीले सरकारको महत्त्वपूर्ण शक्ति भएकाले संवैधानिक पद राष्ट्रिय सभा पाउनुपर्ने दाबी गरेको छ ।

राष्ट्रिय सभाका २० सांसदको पदावधि फागुन २० मा सकिँदै छ । त्यसमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक जना स्वतन्त्र सांसद राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचिन स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रिय सभाबाट बाहिरिँदै छन् ।

सत्ता गठबन्धनमा सहमति जुटेमा १९ सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved