अर्घाखाँचीमा ट्रक दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

नेपालभ्युज

अर्घाखाँचीमा ट्रक दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्घाखाँचीको शीतगंगामा भएको दुर्घटनामा ट्रक चालकसहित दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा ट्रक चालक सञ्जयकुमार चौधरी र सहयोगी भोला कुर्मीको मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार गिटी बोकेको ना ६ ख २७३९ नम्बरको ट्रक शीतगङ्गा नगरपालिका– ८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved