सिग्देललाई रथीमा बढुवा गर्न जङ्गी अड्डाको सिफारिस

नेपालभ्युज

सिग्देललाई रथीमा बढुवा गर्न जङ्गी अड्डाको सिफारिस

काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न जङ्गीअड्डाले रक्षा मन्त्रालयमा सिफारिस गरेको छ ।

यसअघि रथीमा सिफारिसका लागि सूचना प्रकाशित पश्चात् उपरथी ताराध्वज पाण्डेको उमेर विवाद भएपछि उनले राजीनामा दिएका थिए । पाण्डेको उमेर विवाद बारे छानबिन सुरु भएपछि नेपाली सेनाले उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सूचना निकालेको एक सातापछि बढुवाको लागि सिफारिस गरेको छ ।

यो निर्णय भएमा उनी नयाँ प्रधानसेनापतिको रोलक्रममा हुनेछन् । मन्त्रालय हुँदै मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपछि निर्णय हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved