देउवालाई ओलीको फोन, भने- डडेल्धुराबाट सम्झेको छु

नेपालभ्युज

देउवालाई ओलीको फोन, भने- डडेल्धुराबाट सम्झेको छु

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् ।

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राका क्रममा डडेल्धुरा पुगेका ओलीले कांग्रेस सभापति देउवालाई टेलिफोन गरेका हुन् ।

डडेल्धुरा पुगेर फोन गर्दै ओलीले भने, ‘जय नेपाल, डडेलधुरा बजारबाट फोन गरेको । तपाईंको जिल्ला आएको बेला सम्झिएको !’ प्रतिउत्तरमा देउवाले भनेका छन्, ‘म नभए पनि मेरो जिल्लामा यहाँलाई स्वागत छ ।’

अध्यक्ष ओलीले देउवासँग भएको टेलिफोन संवादको अंश सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

बिहीबारदेखि एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा सुरु भएको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved