प्रहरीले गोली चलाएर पक्रियो ज्यान मार्ने उद्योगका फरार अभियुक्त

नेपालभ्युज

प्रहरीले गोली चलाएर पक्रियो ज्यान मार्ने उद्योगका फरार अभियुक्त
सांकेतिक तस्वीर।

काठमाडौं । बाँकेमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको जानकी गाउँपालिकामा गोली चलाएर ज्यान मार्ने उद्योग कसुरमा संलग्न आकाश रानालाई पक्राउ गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय राना घाइते भएका छन् । फरार सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कात्तिक ३० गते बिहान कोहलपुरस्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि भारतको लखनउमा पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved