कांग्रेस संसद्‌‌मा गृहमन्त्रीलाई बोल्न दिने ठाउँमा पुगेको छ : रास्वपा

नेपालभ्युज

कांग्रेस संसद्‌‌मा गृहमन्त्रीलाई बोल्न दिने ठाउँमा पुगेको छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई सदनमै बोल्न दिने ठाउँमा पुगेको बताएका छन् ।

संसद्‌को गतिरोध अन्त्यका लागि मङ्गलबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक सकिएपछि पत्रकारहरूसँग परियारले भने— आजको छलफलपछि कांग्रेस गृहमन्त्रीलाई सदनमै बोल्न दिने ठाउँमा पुगेको छ ।

यसअघि कांग्रेसले गृहमन्त्री लामिछानेलाई पोडियमसम्म पुग्नै दिएको थिएन । सहकारी ठगी प्रकरणमा जोडिएको दाबी गर्दै कांग्रेसले गृहमन्त्री लामिछानेविरुद्ध छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिनि समिति बनाउनुपर्ने माग गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved