कांग्रेस महामन्त्री शर्मा भन्छन्- रविको नाम नलेखिएपनि सिम्बोल नम्बर लेखिएको छ

नेपालभ्युज

कांग्रेस महामन्त्री शर्मा भन्छन्- रविको नाम नलेखिएपनि सिम्बोल नम्बर लेखिएको छ

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानबिन समितिमा रवि लामिछानेको नाम उल्लेख नगरेपछि सिम्बोल नम्बर राखिएको बताएका  छन् ।

मंगलवार प्रतिनिधिसभाले  संसदीय छानबिन समिति गठन गरेपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले  समिति गठनको समयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई दुःखी र खुसी नदेखेको समेत बताए ।

परीक्षामा नामको सट्टा सिम्बोल नम्बर लेखिने उदाहरण पेश गर्दै शर्माले छानबिन समितिको दायरमा रवि आउनु पर्नेमा जोड दिंदै उनले भने, ‘नाम नभएर के भयो र सिम्बोल नम्बर लेखिएको छ । पाँच ‘स’ भनेर सहकारीको नाम लेखिएको छ । ठेगाना लेखिएको छ– गोरखा मिडिया नेटवर्क।’

महामन्त्री शर्माले भने, ‘समितिले पूर्वाग्रहमुक्त भएर काम गर्नेछ भन्ने विश्वास गरौं । सहकारी ठगीसँगै गिरीबन्धुलाई जोगाउन लाग्ने छैन भन्ने अपेक्षा गरौं ।’

मंगलवार बसेको प्रतिनिधिसभा बैठकले  ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved