संसद्‌मा बोल्ने व्यवस्था मिलाइदिन सभामुखलाई गृहमन्त्री लामिछानेको पत्र

नेपालभ्युज

संसद्‌मा बोल्ने व्यवस्था मिलाइदिन सभामुखलाई गृहमन्त्री लामिछानेको पत्र

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्ने व्यवस्था मिलाइदिन सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन् ।

मंगलबार सभामुख घिमिरेलाई पत्र लेख्दै गृहमन्त्री लामिछानेले यही २८ गतेबाट चालु हुने अधिवेशनमा जवाफ दिने समयको व्यवस्था गरिदिन भनेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा लामिछानेमाथि छानबिन आवश्यक रहेको बताउँदै संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।

उनले महान्यायाधिवक्ता कार्यालयबाट सहकारी प्रकरणमा आफ्नो संलग्नता नरहेको पत्र पनि पेस गरेका छन् ।

‘यहि २८ गतेबाट चालु हुने अधिवेशनको थयाशक्य प्रारंभिक दिनहरुमा संसदमा उपस्थित भै गत अधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने व्यवस्था मिलाई दिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरुको सम्बन्धमा उजूरी जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनि महान्यायाधिवक्ता कार्यालयबाट मलाई जानकारी गराइएको पत्र यसैसाथ सम्लग्न गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु।’ पत्रमा भनिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको पत्र-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved