आतिसवाजी र पटाकाको धुँवाले दिल्लीमा वायु प्रदूषण, कृत्रिम वर्षाको तयारी

नेपालभ्युज

आतिसवाजी र पटाकाको धुँवाले दिल्लीमा वायु प्रदूषण, कृत्रिम वर्षाको तयारी

काठमाडौं । दिल्लीमा दिपावली पर्व मनाउने क्रममा बालिएका दियो, पटाका, आतसवाजी र पटाकाको धुँवाले वायु प्रदूषण बढेको छ । केही सातादेखि वायु प्रदूषण पनि थियो ।

केहि दिन पहिले कृतिम वर्षा गराउने तयारी भएपनि प्राकृतिक वर्षा भएपछि राहत मिलेको भएको थियो । पुनः पटाका तथा आतसवाजीले वायु प्रदुषणको स्तर बढेपछि घटाउन कृतिम वर्षा गराउने प्रविधिको विकास गर्ने बारे तयारी भइरहेको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

मौसमी अवस्था हेरेर कृतिम वर्षा गराउने योजना यो महिनाको अन्त्यबाट लागू हुनसक्ने बताइएको छ ।

दिल्लीमा वायु प्रदूषणको सम्भावित समाधानको रूपमा कृतिम वर्षा अर्थात् क्लाउड सीडिङको सुझाव दिइएको यो पहिलो पटक भने होइन । केही विज्ञहरूले भने यो प्रविधि जटिल र महँगो भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved