महानगरले तोकेको ठाउँमा फूल किन्ने मान्छे आएनन्, किसानलाई घर फर्किने भाडा पनि पुगेन

नेपालभ्युज

महानगरले तोकेको ठाउँमा फूल किन्ने मान्छे आएनन्, किसानलाई घर फर्किने भाडा पनि पुगेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको स्टलबाट फूल बिक्री नभएको भन्दै साना व्यापारीहरूले घर जाने भाडा समेत नभएको दुखेको पोखेका छन् । कतिपयले नबिकेको फूल छाडेर हिँडेका छन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि स्थान तोकेको थियो । तर, भृकुटीमण्डप र हाँडी गाउँमा फूल बिकेन । साना व्यापारीहरूले उत्तिकै छाडेर गएका छन् ।

किसानहरूले समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्री नभएको उनीहरूको बताएका छन् ।

फूल बेच्न भृकुटीमण्डप आएका व्यापारीहरूले घर जाने भाडा समेत नभएको गुनासो गरेका छन् ।

“भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल बेच्न पाएनौँ । ग्राहक आएनन् । गाडी भाडासम्म उठेन । घर जानलाई गाडी भाडासम्म छैन ।“ उनीहरू भन्छन् ।

उनले पनि फूल बिक्री स्टलको बेलैमा प्रचारप्रसार नभएकोले बिक्री हुन नसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved