टिकटक प्रतिबन्धबारे ३० वटा संस्थाको आपत्ति, भन्छन्- संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लंघन

नेपालभ्युज

टिकटक प्रतिबन्धबारे ३० वटा संस्थाको आपत्ति, भन्छन्- संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लंघन

काठमाडौं । सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको विरोधमा विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् । सोमबार साँझ एक प्रेस वक्तव्य जारी गर्दे विभिन्न ३० वटा संघसंस्थाका प्रतिनिधिले टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लंघन भएको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, “मन्त्रिपरिषद्को यो निर्णय अत्यन्तै असामयिक र निरंकुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाउने निष्कर्ष हाम्रो छ ।”

दृष्टिकोण साझा गर्ने र विश्वव्यापी डिजिटल समुदायमा सहभागी हुने अवसरलाई सीमित गर्ने सरकारको नियत देखिएको उनीहरूको ठहर छ ।

“यसबाहेक, यस्तो प्रतिबन्धले सामग्री सिर्जनाकर्ताहरू र साना तथा मझौला उद्यमहरूको आर्थिक अवसरहरूमा प्रतिकूल असर पारी उनीहरूको व्यावसायिक स्थायित्वमा गम्भीर जोखिम पर्ने देखिन्छ,” वक्तव्यमा भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved