भाइटिकामा रानीपोखरी खोल्ने तर, छठमा किन नखोल्ने ?

नेपालभ्युज

भाइटिकामा रानीपोखरी खोल्ने तर, छठमा किन नखोल्ने ?

काठमाडौं। यसपटक काठमाडौँ महानगरपालिकाले छठका लागि रानीपोखरी खुल्ला नगर्ने भएको छ । तर, भाइटिकामा रानीपोखरी खोल्ने भएको छ । भाइटिकामा बालगोपालेश्वर मन्दिर खुल्ने भएको हो ।

महापर्व छठ समारोह समितिले २०६३ सालदेखि नै त्यहाँ छठ मनाउँदै आएको थियो । भूकम्पपछि पुनः निर्माणको काम सुरु भएपछि २०७२ यता त्यहाँ छठको अवसरमा सामान्य पूजापाठ मात्र भएको छ। खुला गरिएको छैन ।

गत वर्ष पुनः निर्माण प्राधिकरणले हस्तान्तरण नगरेको कारण महानगरपालिकाले छठ मनाउन दिएको थिएन ।

यसपटक तयारी समितिले रानीपोखरीमा छठ मनाउनका लागि पहल गर्दा पनि महानगरले नदिएको समितिका महासचिव आनन्द गुप्ताले बताए ।

समितिले रानीपोखरी छठका लागि उपलब्ध गराई दिनका लागि मेयर बालेन शाहसमक्ष निवेदन पनि दिए पनि उनले सुनेनन् ।
मधेसी मेयर शाहले मधेसीमाथि नै विभेद गरेको उनको आरोप छ ।

भाइटिकामा रानीपोखरी खोल्न मिल्ने, छठमा किन नमिल्ने भन्दै रानीपोखरी नपाए आफूहरूको समितिले अरू ठाउँमा आयोजना नगर्ने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved