विश्वकप क्रिकेट : इंग्ल्यान्डसँग पराजित हुँदा पाकिस्तान पाँचौ स्थानमा सीमित

नेपालभ्युज

विश्वकप क्रिकेट : इंग्ल्यान्डसँग पराजित हुँदा पाकिस्तान पाँचौ स्थानमा सीमित

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ।  शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल यात्रा समाप्त भएको हो।

आफ्नो अन्तिम लिग चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराएसँगै इंग्ल्यान्ड अर्को वर्ष हुने च्याम्पियन्स ट्रफिका लागि छनोट भएको छ  ।

अब प्रतियोगिताको पहिलो सेमिफाइलनमा भारतले न्युजिल्यान्डको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया आमने सामने हुनेछन् ।

शनिबार कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३३७ रन जोड्यो।

इंग्ल्यान्डका लागि वेन स्कोक्सले ८४ रन, जोए रुटले ६० रन र जोनी बार्यस्टोले ५९ रन जोडे। बलिङमा पाकिस्तानका हरिस रउफले ३ विकेट लिँदा शाहीन शाह अफ्रिदी र मोहमद वासीमले २-२ विकेट लिए ।

पाकिस्तानले ४३.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन मात्र बनायो । आगा सलमानले सर्वाधिक ५१ रन जोडे  । बलर  डेविड वेलीले तीन विकेट लिए ।

हारपछि पाकिस्तान ८ अंकमै सीमित भयो भने इंग्ल्यान्ड  ६ अंक जोडेर छैटौं स्थानमा उक्लियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved