विश्वकप क्रिकेट : श्रीलंकाले न्यूजिल्यान्डलाई दियो १७२ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : श्रीलंकाले न्यूजिल्यान्डलाई दियो १७२ रनको लक्ष्य
तस्वीर स्रोत : क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले न्यूजिल्यान्डलाई १७२ रनको लक्ष्य दिएको छ।

भारतको बैंगलोरमा जारी खेलमा पहिले ब्याटिङ गरेको श्रीलंका ४६.४ ओभरमा १७१ रनमा अलआउट भएको हो।

श्रीलंकाको लागि कुसल परेराले २८ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाए। यस्तै महेश थेक्षाना ३८ रनमा अविजित रहे।

न्यूजिल्यान्डको लागि ट्रेन्ट बोल्टले ३, मिचेल सेन्टनर, रचिन रविन्द्र लकी फग्र्युसनले २–२ तथा टीम साउथीले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved