गाली नै गाली वर्षिरहँदा पनि सुगम पोखरेलको दम्भपूर्ण प्रतिक्रिया– ‘एक्सनको रियाक्सन’ हो

चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेपछि उल्टै दम्भपूर्ण प्रतिक्रिया दिएका छन्।

नेपालभ्युज

गाली नै गाली वर्षिरहँदा पनि सुगम पोखरेलको दम्भपूर्ण प्रतिक्रिया– ‘एक्सनको रियाक्सन’ हो

काठमाडौं । चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेपछि उल्टै दम्भपूर्ण प्रतिक्रिया दिएका छन्।

गीत गाउँदै गर्दा अगाडि रहेका दर्शकलाई ताकेरै उनले माइक्रोफोनको झटारो हानेपछि नकारात्मक प्रतिक्रिया आइरहेका छन्।

त्यसको बचाउमा उनले आफ्नो हर्कतको बचाउ गर्न खोजेका छन् । दम्भपूर्ण प्रतिक्रिया दिँदै उनले आफूले ‘एक्सनको रियाक्सन’ गरेको बताए।

गायक सुगम पोखरेलले स्टेजबाट दर्शकलाई हाने माइक्रोफोनको झटारो (भिडिओ)

‘अहिले देशलाई दुखिरहेको छ खासमा । देशलाई दुख्दा मलाई पनि दुख्छ, म नेपाली कलाकार, तपाईँहरूले गर्दा म भाछु । हिजोको कार्यक्रममा मौनधामरण गर्दा.. यू क्यान सी इन द भिडिओ देख्न सक्नुहुन्छ । मेरो एक्सनको रियाक्सन त्यसकै कारणले मात्रै थियो । कसैको मनलाई दुखाएँ भने क्षमा चाहन्छु तर नेपाली सङ्गीतको सेवा गर्नेछु’ उनले भने।

घटना अस्ट्रेलियाको एडलेडमा हिजो आयोजित कन्सर्टको हो। उनले हानेको माइक्रोफोनले लागेर एक दर्शक सामान्य घाइतेसमेत भए । पोखरेलले दर्शकलाई माइक्रोफोनले हानेको भिडिओ अहिले सामाजिक सञ्जालहरूमा ‘भाइरल’ छ।

रक्सीले मातेको विषयमा भने उनी बोलेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved