गायक सुगम पोखरेलले स्टेजबाट दर्शकलाई हाने माइक्रोफोनको झटारो (भिडिओ)

उनले हानेको माइक्रोफोनले लागेर एक दर्शक सामान्य घाइते समेत भए। सुगम पोखरेलले दर्शकलाई माइक्रोफोनले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।

नेपालभ्युज

गायक सुगम पोखरेलले स्टेजबाट दर्शकलाई हाने माइक्रोफोनको झटारो (भिडिओ)

काठमाडौं। चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । गीत गाउँदैगर्दा अगाडि रहेका दर्शकलाई ताकेरै उनले माइक्रोफोनको झटारो हानेका हुन् ।

घटना अस्ट्रेलियाको एडलेडमा हिजो आयोजित कन्सर्टको हो। उनले हानेको माइक्रोफोनले लागेर एक दर्शक सामान्य घाइतेसमेत भए । पोखरेलले दर्शकलाई माइक्रोफोनले हानेको भिडिओ अहिले सामाजिक सञ्जालहरूमा ‘भाइरल’ छ ।

भिडिओका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको संख्या बढ्दो छ । भिडिओ हेर्दा सुगम मदिरामा मातेको पनि देख्न सकिन्छ । भिडिओमा उनले स्टेजबाट एकपटक झिल्के भन्न अनुरोध गर्छन् । त्यसपछि उनले त्यहाँ (अस्ट्रेलिया) पहिलोपटक आएको कुरा गर्छन् र नेपाल भन्छन् ।

त्यसलगत्तै नेपालको जाजरकोटमा भूकम्प गएको बताउँछन् । र भूकम्पमा परेर मृत्यु हुनेको संख्या भन्छन् । त्यसपछि मृत्यु हुनेका लागि मौनधारण गर्न पटक-पटक अनुरोध गर्छन् । तर, मौन धारणमा दर्शकले खासै चासो दिँदैनन् ।

आफ्नो कुरा दर्शकले नमानेपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई ताकेरै गर्दै माइक्रोफोनले झटारो हानेको भिडिओमा देख्न सकिन्छ ।

स्टेजमा दर्शकलाई माइक्रोफोनले हानेको भिडिओका कारण आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमा लाइभमार्फत प्रस्टीकरण दिएका छन्। उनी भन्छन्, ‘‘देशलाई भूकम्पले गर्दा दुखिरहेको छ । मलाई पनि दुख्छ। मृतकप्रति श्रद्धाञ्जली दिऔँ भन्दा नमान्ने, अनि मेरै आलोचना गर्ने ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved