विश्वकप क्रिकेट:

भारतले दक्षिण अफ्रिकालाई दियो ३२७ रनको लक्ष्य, विराटको शतक

नेपालभ्युज

भारतले दक्षिण अफ्रिकालाई दियो ३२७ रनको लक्ष्य, विराटको शतक
तस्वीर स्रोत : इन्डियन टिम/ फेसबुक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य दिएको छ।

भारतको इडेन गार्डनमा जारी खेलमा घरेलु टोलीले पुरै ओभर खेलेर ५ विकेटको क्षतिमा ३२६ रन बनाएको हो।

भारतको लागि विराट कोहलीले शतकीय पारी खेले। विराटले १२१ बलमा १० चौका प्रहार गर्दै १०१ रनमा अविजित रहे। उनले सचिन तेन्दुलकरको भारतको लागि रहेको ४९ शतकको कीर्तिमानसँग बराबरी गरेका छन्।
श्रेयस अय्यरले भने ८७ बलमा ७७ रन बनाए।

दक्षिण अफ्रिकाको लागि भने लुंगी न्गिडी, मार्को जेन्सन, कागिसो रबाडा, केशव महारज र तबरेज शम्सीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved