विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको लक्ष्य

काठमाडौं ।  विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई ४०२ रनको विशाल लक्ष्य दिएको छ ।

भारतीय मुलका रचिन रवीन्द्रले ९४ बलमा १०८ रन बनाएपछि कीवी टोलीले ठूलो स्कोर खडा गरेको हो ।

न्यूजिल्याण्डले पुरै ओभर खेलेर ६ विकेट क्षतिमा ४०१ रन बनायो । उसका लागि केन विलियम्सनले ७९ बलमा ९५ रन बनाए ।

पाकिस्तानका मोहम्मद वसिमले तीन विकेट लिए । पाकिस्तानलाई सेमिफाइनल सम्भावना कायमै राख्न आज जित हासिल गर्नैपर्ने दबाब छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved