कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

नेपालभ्युज

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

विराटनगर । कोशी प्रदेश सरकारमा बिनाविभागीय मन्त्रीका रूपमा रहेका नेकपा (एमाले) का रामबहादुर रानामगरले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री केदार कार्कीले गठबन्धनबाटै मन्त्री नियुक्त गरेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै मन्त्री रानामगरलाई राजीनामा दिन लगाएको हो ।

कार्कीलाई मुख्यमन्त्री बनाएको एमालेले गठबन्धन सरकारमा ल्याउन नहुने बताएको थियो । तर, मुख्यमन्त्री कार्कीले गठबन्धनकै निर्देशनअनुसार मन्त्रिपरिषद् विस्तार गरेपछि असन्तुष्टि जनाउँदै सरकारबट बाहिरिएको हो ।

शुक्रबार मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जबेगुलाई मन्त्री नियुक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved