यूरिक एसिड कम हुँदा देखिन्छन् यस्ता लक्षण

नेपालभ्युज

यूरिक एसिड कम हुँदा देखिन्छन् यस्ता लक्षण

एजेन्सी । खराब खानपान र अस्वस्थ जीवनशैलीका कारण अहिले मानिसमा यूरिक एसिड बढ्ने समस्या अत्यधिक पाइन्छ । तर, यूरिक एसिड कम हुँदा पनि विभिन्न समस्या हुन्छन् ।

विशेषज्ञका अनुसार धेरै जस्तो व्यक्तिले यूरिक एसिड कम हुनुपर्दछ भन्छन् तर, यूरिक एसिड धेरै कम हुँदा पनि मानिसमा विभिन्न समस्या आउन सक्छन् । शरीरमा यूरिक एसिड कम हुँदा देखिन लक्षणबारे जानौं ।

  • शरीरमा यूरिक एसिड कम हुँदा हड्डीहरुमा दुखाई, हड्डी सुन्निने र दुख्ने जस्ता समस्या हुन सक्छन् ।
  • कतिपय मानिसमा भोक कम लाग्ने र बोल्न र निल्न पनि समस्या हुने गर्छ । यो शरीरमा यूरिक एसिड कम हुँदा देखिन लक्षणमध्ये एक हो ।
  • शरीरमा यूरिक एसिड कम हुँदा मानिसमा डिप्रेशन, तनाव र शरीरमा दुखाई जस्ता लक्षण पनि देखिन्छन् ।
  • शरीरमा यूरिक एसिड कम हुँदा थकान, कमजोरी, कम्पन र हिँड्डुल गर्न समस्या पनि हुन सक्छ ।
  • यूरिक एसिड कम हुँदा डिहाइड्रेशनको समस्या आउन सक्छ । शरीर लगातार डिहाइड्रेट हुन्छ भने लो यूरिक एसिडको लक्षण हो ।
  • शरीरमा यूरिक एसिडको स्तर धेरै नै कम भइरहेमा मिर्गौलामा पत्थरी पर्ने जस्ता समस्या पनि हुन्छन् । त्यस्तै हातखुट्टा सुन्निने, मिर्गौलासँग जोडिएका समस्या हुन सक्छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved