गुटेरेसको भ्रमणसँगै बल्झियो संक्रमणकालीन न्यायको मुद्दा, पीडितसँगै सरोकारवाला पनि जुर्मुराए

नेपालमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा टेबुल गर्ने तयारी भइरहेका बेला भएको महासचिव गुटेरेसको भ्रमणले धेरैको ध्यान खिचेको छ ।

नेपालभ्युज

गुटेरेसको भ्रमणसँगै बल्झियो संक्रमणकालीन न्यायको मुद्दा, पीडितसँगै सरोकारवाला पनि जुर्मुराए

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गेटेरेस नेपाल भ्रमणमा आएसँगै नेपालमा संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा बल्झिएको छ । गुटेरेस नेपाल आएसँगै तत्कालीन समयमा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका कारण पीडामा परेकाहरु जुर्मुराएका छन् । सरकारवाला निकायले पनि यहीं मौकामा नेपालका द्वन्द्वपीडितबारे संयुक्त राष्ट्रसंघलाई सत्य, तथ्य जानकारी दिनुपर्ने ठानिरहेका छन् ।

नेपालमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा टेबुल गर्ने तयारी भइरहेका बेला भएको महासचिव गुटेरेसको भ्रमणले धेरैको ध्यान खिचेको छ । प्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’ जसरी पनि शान्ति प्रक्रिया टुंग्याउने गरी लागिपरेका छन् । तर केही दलले भने प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्याउन समस्या भएको बताइरहेका छन् ।

यसैबीच विज्ञहरुले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले शान्ति प्रक्रियाका बाँकी कामहरु छिटो टुंग्याउन सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले सन् २००६ मा शुरु भएको शान्ति प्रक्रिया ६ महिनामै टुंग्याउने भनेपनि अझै नटुंगिएकोप्रति प्रश्न गरेका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जेनेभास्थित राष्ट्र संघीय नियोगहरुका लागि नेपालका पूर्वराजदूत डा. दिनेश भट्टराईले सरकारले प्रतिवद्धता गरिरहने तर लागू नहुने कुराले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश नजाने बताएका छन् ।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दाहरु पीडित पक्षका समस्या सम्बोधन गरेर मात्रै समाधान हुनसक्ने बताए ।

उनले भूटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनःस्थापित गर्ने प्रक्रियामा सहजीकरण गर्न पनि आवश्यक रहेकोबारे जानकारी गराउनुपर्ने बताए ।

त्यस्तै नागरिक समाजले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंगोमा पु¥याउनबारे सरोकारवाला पक्षसँग पनि छलफल गर्नुपर्ने माग राखेका छन् ।

उनीहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन पीडित पक्षको आवाज नसुन्ने हो भने एकपक्षीय हुने बताए । उनीहरुले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ भुमिका महत्वपूर्ण रहेको भन्दै महासचिवको भ्रमणको समयमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने एजेण्डा भइरहँदा पीडित पक्षसँग पनि वार्ता गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले महासचिव गुटेरेसले नेपाल भ्रमणमा रहँदा शान्ति प्रक्रियालाई मुख्य प्राथमिकतामा राखेको तर पीडित पक्षसँग भेट्न र उनीहरुका आवाज सुन्न बेवास्ता गरेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved