प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्छ : जनार्दन शर्मा

नेपालभ्युज

प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमहासचिव शर्माले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।

सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको भन्दै उनले राष्ट्रिय सहमतिको सरकार बनाउन उपयुक्त हुने बताए । सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूला परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।

उपमहासचिव शर्माले माओवादी केन्द्रले आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने पनि बताए । ‘अब हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन । हामी एक्लै लड्छौँ । एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ । कसैसँग मिल्दैनौँ । यो प्रतिबद्धता हो ।’

उपमहासचिव शर्माले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ५ सदस्यीय मात्र मन्त्रिमण्डल बनाउनुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved