गदर २ को सफलतापछि सनी देओललाई फिल्मको लाइन

नेपालभ्युज

गदर २ को सफलतापछि सनी देओललाई फिल्मको लाइन

एजेन्सी । अभिनेता सनी देओलले बलिउडलाई एउटा सफल फिल्म थपिदिएका छन् । उनको गदर फिल्मले ५ सय करोड भारतीय रुपैयाँ भन्दा धेरै कमाइ गरेको छ ।

गदर २ को सफलताले सनी देओलको फिल्मी करिअरमा पनि एकपटक फेरि नयाँ मोड आएको छ । यससँगै उनलाई नयाँ फिल्ममा अफरको वर्षात् भइरहेको छ । उनका फिल्म रिलीज हुनका लागि पाइपलाइनमा पनि छन् ।

मिडिया रिपोर्टअनुसार सनीले बोर्डर २ का लागि साइन गरिसकेको खबर आएको थियो तर अभिनेताले यो कुरा अस्वीकार गरेका छन् । अहिले फेरि बोर्डर २ मा उनले अभिनेता आयुश्मान खुरानासँग स्क्रिन सेयर गर्न सक्ने खबर आइरहेको छ ।

अहिले गदर ३ बन्ने कुराको पनि चर्चा भइरहेको छ किनकी गदर २ फिल्मको अन्तिममा पनि ..टु बि कन्टिन्यू.. भनिएको छ । जसले गर्दा प्रसंशक तथा दर्शकलाई ३ पनि छिट्टै आउनेछ भन्ने अपेक्षा छ ।

त्यस्तै अभिनेता आमिर खानले हालै छिट्टै सनी देओलसँग हात मिलाउने घोषणा गरेका छन् राजकुमार सन्तोषीको फिल्ममा । आमिर खानको निर्माता कम्पनीले लाहोर नामक फिल्मको घोषणा गरेको छ ।

त्यस्तै अन्य एक खबरमा सनी देओलले सन अफ सरदार २ मा नकारात्मक भूमिकामा देखिने जनाइएको छ । यसरी समग्रमा अहिले सनी देओललाई नयाँ फिल्मको थुप्रै अफर आइरहेका छन् । अहिले उनको करिअरले नयाँ उचाई हासिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved