कहिले चुरोट पिउँदा त कहिले ‘गेमिङ एप’ को फन्दामा परे रणवीर कपूर

नेपालभ्युज

कहिले चुरोट पिउँदा त कहिले ‘गेमिङ एप’ को फन्दामा परे रणवीर कपूर

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूरमाथि अहिले भारतको केन्द्रीय जाँच एजेन्सीले छानबिन गरिरहेको छ । विषय एक अनलाइन गेमिंग कम्पनीसँग जोडिएको छ ।

मिडिया रिपोर्टअनुसार रणवीर कपूरले एक अनलाइन गेमिंग ऐपको प्रमोशन गरेका थिए । जसको बदलामा उनले नगद पैसा लिएका थिए । यही विषयलाई लिएर उनलाई समस्या परेको छ ।

यो पहिलो पटक भने होइन जसले गर्दा रणवीरलाई सोधपुछका लागि बोलाइएको छ । यसअघि पनि उनले यसै प्रकारका मुद्दामा सफाई दिइसकेका छन् । रणवीरलाई सन् २०१२ मा पनि राजस्थानमा अदालतमा उपस्थित गराइएको थियो । सन् २०१२ मा रणवीर कपूर आफ्नो फिल्म ‘ये जवानी है दिवानी’ को शुटिंगका लागि राजस्थानको उदयपुर गएका थिए । यही क्रममा उनीमाथि सार्वजनिक स्थलमा धुम्रपान गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

जाँच एजेन्सी इडीले सौरभ चन्द्राकर र रवि उत्पल नामका व्यक्तिमाथि ५ हजार करोड मनी लन्ड्रिंगको विषयलाई लिएर जाँच सुरु गरेको छ । दुवैमाथि दुबईबाट अनलाइन बेटिंग ऐपको माध्यमबाट मनी लन्ड्रिंग गरेको आरोप छ ।

यही विषयमा जब ईडीले जाँच गर्न सुरु तब बलिउड कलाकारको नाम पनि आउन थाल्यो । सौरभ चन्द्राकारले यही वर्षको फेब्रुअरीमा दुबईमा विवाह गरेका थिए । उक्त विवाहमा कथित रुपमा २०० करोड भारतीय रुपैयाँ खर्च गरिएको थियो ।

विवाहमा विभिन्न बलिउड कलाकारले प्रदर्शन पनि गरेका थिए । यो प्रकरणमा रणवीर कपूरको पनि नाम जोडिएको छ । यही विषयलाई लिएर अब उनले सम्भवत अदालतमा जवाफ दिनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved