नोबेल साहित्य पुरस्कार नर्वेजियन लेखक फोसालाई

नेपालभ्युज

नोबेल साहित्य पुरस्कार नर्वेजियन लेखक फोसालाई

काठमाडौं । यसवर्षको नोबेल साहित्य पुरस्कार नर्वेजियन लेखक यून फोसालाई दिइने भएको छ । स्वीडेनस्थित नोबेल एकेडेमीले बिहीबार दिउँसो फोसलाई पुरस्कार दिने घोषणा गरेको हो ।

उनका अभिनव नाटक र गद्यका लागि यो पुरस्कार दिइएको एकेडेमीले जनाएको छ । फोसाले पुरस्कारस्वरुप १ करोड १० लाख स्वीडिश क्रोना अर्थात करिब १३ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।

फोसाको जन्म नर्वेको हाउजेसन्डमा सन १०५९ सेप्टेम्वर २९ मा भएको थियो। सात वर्षको उमेरमा एउटा गम्भीर दुर्घटनाले उनलाई मृत्युको नजिक पुर्‍याएको थियो । जसले उनको वयस्कता लेखनलाई उल्लेखनीय रूपमा प्रभावित गर्‍यो।

उनले उपन्यास, लघुकथा, कविता, बाल पुस्तक, निबन्ध र नाटक लेखेका छन्। उनका पुस्तक चालीस भन्दा बढी भाषामा अनुवाद गरिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved