स्थानीय तहका कर्मचारीको चेतावनी- माग पूरा नभए शुक्रबारदेखि सेवा रोक्छौं

नेपालभ्युज

स्थानीय तहका कर्मचारीको चेतावनी- माग पूरा नभए शुक्रबारदेखि सेवा रोक्छौं

काठमाडौं । स्थानीय तहका कर्मचारीले संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन नगरे शुक्रबारदेखि सेवा रोक्ने चेतावी दिएका छन् ।

मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीलाई  मागपत्र पेश गर्दै सेवा रोक्न चेतावनी दिएका हुन् ।

कर्मचारीहरुले सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग राखेका छन् ।

यस्तै, स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने र स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने  संघर्ष समितिको माग छ ।

७५३ स्थानीय तहकै कर्मचारीहरुले बुधबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved