सल्यानमा जिप दुर्घटनामा २ जनाको मृत्यु, १४ जना घाइते

नेपालभ्युज

सल्यानमा जिप दुर्घटनामा २ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं । सल्यानमा भएको सफारी जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जिप शुक्रबार साँझ दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार  दुर्घटनामा मृत्यु  हुनेमा शारदा नगरपालिका–१५ की ५२ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७० वर्षीया ध्रुवी बोहरा रहेका छन् । घाइतेहरूको नाम भने  खुलेको  छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved