क्यान सचिवमा पारस खड्का निर्वाचित

प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।

नेपालभ्युज

क्यान सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।

कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत पाए भने प्रशान्तको ३७ मतमा राेकिए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

क्यानका अन्य पदाधिकारीहरूमा, अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् । भने महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved