क्यानको सचिवमा पारस खड्का उठ्दै

नेपालभ्युज

क्यानको सचिवमा पारस खड्का उठ्दै
तस्वीर स्रोतः पारस खड्का/इन्स्टाग्राम

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको साधारणसभामा सचिव पदमा उठ्ने भएका छन्।

बालुवाटारस्थित एक पार्टी प्यालेसमा शुक्रबार सुरू भएको साधारणसभामार्फत खड्काले सचिवमा उठ्ने तरखरमा रहेका हुन्। बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष खड्काले वर्तमान अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट सचिव बन्ने तयारीमा रहेका छन्।

अध्यक्षमा उठ्दा औपचारिक घोषणा गरेका खड्काले सचिवमा उठ्ने औपचारिक घोषणा भने गरेका छैनन्। दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका खड्का यस वर्ष काठमाडौं जिल्ला क्रिकेट संघको सर्वसम्मत सदस्य निर्वाचित हुँदै बागमती प्रदेश संघका अध्यक्ष निर्वाचित भए।

शुक्रबार सुरु भएको साधारणसभा शनिबारसम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved