प्रधानमन्त्रीको चीन भ्रमण : दुईपटक ‘गार्ड अफ अनर’देखि कैलाश पर्वतको यात्रासम्म (सम्पूर्ण तालिका)

राष्ट्रपति सीसँग आधाघण्टा भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्डले तिब्बतको कैलाश मानसरोवरदेखि चीनका अन्य विभिन्न क्षेत्रको भ्रमण पनि गर्नेछन् । भ्रमणका क्रममा विभिन्न सहमति/सम्झौतामा हस्ताक्षरसमेत हुनेछ । प्रधानमन्त्री अर्को शनिबार स्वदेश फर्कनेछन् । यो बीचमा उनले केके गर्नेछन् ? हेर्नुहोस् सम्पूर्ण भ्रमण तालिका ।

नेपालभ्युज

प्रधानमन्त्रीको चीन भ्रमण : दुईपटक ‘गार्ड अफ अनर’देखि कैलाश पर्वतको यात्रासम्म (सम्पूर्ण तालिका)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबारदेखि साताव्यापी चीन भ्रमणमा जाँदैछन् । अमेरिकामा राष्ट्रसंघीय सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुग्नेछन् ।

चीनमा उनले राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीसहितको टोली १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले तिब्बतको कैलाश मानसरोवरदेखि चीनका अन्य विभिन्न क्षेत्रको भ्रमण पनि गर्नेछन् । उनलाई दुईपटक गार्ड अफ अनर दिइनेछ । भ्रमणका क्रममा विभिन्न सहमति/सम्झौतामा हस्ताक्षरसमेत हुनेछन्  ।

प्रधानमन्त्री अर्को शनिबार स्वदेश फर्कनेछन् । यो बीचमा उनले केके गर्नेछन् ? नेपाल भ्युजले प्रधानमन्त्रीको भ्रमणको सम्पूर्ण तालिका प्राप्त गरेको छ ।

शनिबार

– हङकङ हुँदै बिहान १०.१० मा हान्जाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ।

– नेपाली राजदूत र चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीको स्वागत ।

– विमानस्थलमै प्रधानमन्त्रीलाई गार्ड अफ अनर । त्यसपछि टोली होटल प्रस्थान ।

– ११.५० मा राष्ट्रपति सी चिनफिङले दिएको स्वागत समारोहमा सहभागी।

– ४.४० मा उच्चस्तरीय द्वीपक्षीय बैठक सुरु।

– संयुक्त बैठकपछि ५ बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग औपचारिक भेटवार्ता । भेटवार्ताका लागि आधा घण्टाको समय निर्धारण ।

– केहीबेर आराम गरेर बेलुका ७.२० मा प्रधानमन्त्री प्रचण्ड १९ औं एसियाली खेलको उद्घाटन समारोहमा सहभागी हुन प्रस्थान ।

– स्टेडियमबाट राति १० बजे हुजिसान रिसोर्ट प्रस्थान ।

आइतबार

– प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ ।

– ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट स्टेट गेष्ट हाउसमा प्रस्थान ।

– अपराह्न ४ बजेदेखि ५ बजेसम्म नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले त्यहाँ सम्बोधन गर्नेछन् ।

– पौने ६ बजे नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।

सोमबार

– ९ बजे ग्रेटहल प्रस्थान । ग्रेटहलमा ९.४५ देखि आधा घण्टा चिनियाँ जनकांग्रेसका अध्यक्ष झाउ लेजीसँग भेटवार्ता ।

– १०.४५ मा प्रधानमन्त्री त्यानआनमेन स्क्वायरमा हुने स्वागत समारोहमा सहभागी हुनेछन् ।  त्यहाँ उनलाई गार्ड अफ अनर दिइनेछ ।

– १०.५५ मा चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता हुनेछ । भेटवार्तालगत्तै दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही सहमति सम्झौतामा हस्ताक्षर हुनेछ ।

– १२ बजे प्रधानमन्त्रीले दिएको स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

– १ बजे हुवाइ बेइजिङ ग्रुपमा नेपाली टोली पुग्नेछ ।

– प्रधानमन्त्रीले साढे ५ बजे चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई अन्तरवार्ता दिनेछन् ।

– ६ बजे दा दोङ बेइजिङ डक रेस्टुरेन्टमा पुगेर उनले बेलुकाको खाना खानेछन् ।

मंगलबार 

प्रधानमन्त्री प्रचण्डले बिहान ७ बजे माओको शव राखिएको स्थानमा पुगेर दर्शन गर्नेछन् ।

८ बजे बेइजिङबाट चोनकिङ प्रस्थान गर्नेछन् । त्यहाँ एकेडेमी अफ एग्रिकल्चर साइन्सको अवलोकन गर्नेछन् ।

६ बजे चोनकिङका प्रमुख चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य यान लिजुनसँग भेटवार्ता गर्नेछन् । सात बजे यानले दिएको रात्रिभोजमा सहभागी हुनेछन् ।

बुधबार

प्रधानमन्त्रीसहितको टोली ८ बजे तिब्बतको ल्हासाका लागि प्रस्थान गर्नेछ ।

१ बजे ल्हासामा नेपाली वाणिज्य दूतावासको स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन ।

प्रधानमन्त्रीले दिउँसो पोताला दरबारको अवलोकन गर्नेछन् ।

बेलुका ६ बजे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङ जुनझेङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ ।

बेलुका उनले दिएको रात्रिभोजमा प्रधानमन्त्रीसहितको टोली सहभागी हुनेछ ।

बिहीबार

बिहान ७.३० मा ल्हासाबाट नाग्री घुन्सा विमानस्थलका लागि प्रस्थान । दिउँसो १२ देखि २ बजेसम्म माउन्ट कैलाशको बेसक्याम भ्रमण । कैलाश पर्वतको अवलोकन ।

प्रधानमन्त्री दिउँसो २ बजेपछि मानसरोवर तालको अवलोकनमा जानेछन् ।

शुक्रबार

९.४५ मा अली घुन्सा विमानस्थलबाट प्रधानमन्त्री ल्हासाका लागि प्रस्थान गर्नेछन् ।

१२.४५ ल्हासाबाट उनी फेरि छेंङदुका लागि प्रस्थान गर्नेछन् । ३ बजे प्रधानमन्त्री छेङदु पुग्नेछन् ।

४ बजे प्रधानमन्त्रीले पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रको अवलोकन गर्नेछन् ।

६ बजे सिचुवान प्रान्तका कम्युनिष्ट पार्टी प्रमुख वाङ सीओहुइसँग उनको भेटवार्ता हुनेछ ।

७ बजे वाङले दिएको रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

शनिबार

प्रधानमन्त्री बिहान ९.५५ मा  छुेङदु विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री बिहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved