फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक

नेपालभ्युज

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ । फिफाले पुरुषतर्फ १२ खेलाडी र  महिलातर्फ १६ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले बिहीबार राती सार्वजनिक गरेको मनोनयन अनुसार  म्यानचेष्टर सिटीबाट ६ खेलाडी मनोनयनमा  समावेश छन् । अर्जेन्टिनी कप्तान लिओनल मेसी  अवार्डको दाबेदारको रुपमा छन् भने क्रिस्टियानो रोनाल्डो  मनोनयनमा परेनन् ।

मनोनयनमा  पिएसजीका केलिएन एमबाप्पे र सिटीका एर्लिङ हालान्ड, युलियन अल्भारेज, राेड्री, बर्नार्डाे शिल्भा, केभिन डे ब्रुएना समावेश छन् । यस्तै बार्सिलोनाका ईल्के गुन्डोगान पनि मनोनयनमा परे ।

आर्सनलका डेक्लान राई, नापाेलीका भिक्टोर ओसिमहेन र केभिचा केभारात्खेलिया तथा अल नासेरका मार्सेलो ब्रोजोभिच मनोनयनमा परेका छन् । महिलातर्फ विश्वकप विजेता स्पेनका कप्तान आईतना बाेनमाटीसहित १६ खेलाडी मनोनयनमा परेका छन् ।

यस्तै  पुरुष प्रशिक्षकतर्फ सिटीकै पेप ग्वार्डिओला, ईन्टर मिलानका सिमाेन ईन्जाघी, टोटनहमका एन्ज पोस्टेग्लु, ईटलीका लुसियानो स्पालेट्टी र बार्सिलोनाका जाभी मनोनयनमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved