अनुदानमा अनियमितता गर्ने कर्मचारी कारवाहिको माग गर्दै प्रदर्शन

अनुदानमा अनियमितता गर्ने कर्मचारी कारवाहिको माग गर्दै प्रदर्शन

जनकपुरधाम । बाढी प्रभावित बस्तीका विपन्न परिवारलाई आर्यआर्जन र पोषणकालागि वितरण गरिएको अनुदानमा अनियमितता गर्ने कर्मचारीलाई कारवाहिको माग गर्दै उपभोक्ताहरुले प्रदर्शन गरेका छन् ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कल्स्टर इकाई जनकपुरधामले समूह बनाएर वितरण गरेको अनुदानमा कर्मचारीहरुले भ्रष्टाचार गरेको भन्दै महोतरीको पिपरा गाउपालिकाका उपभोक्ताहरुले आइतबार प्रदर्शन गरेको हो ।

बाख्रा वितरण, मसला मिल सञ्चालन, विउ विजन अनुदान वितरणमा कर्मचारीले भ्रष्टाचार गरेको स्थानीहरुले आरोप लगाएका छन् । समूहबाट खाली चेक लिने, समूहका सदस्यहरुले आफै किन्नुपर्ने बाख्रा कर्मचारीले सप्लायर्सबाट खरिद गर्ने र मापदण्ड विपरितका बाख्रा खरिद गरेको, समुहमा २५ जनालाई बाख्रा दिनु पर्नेमा १५ जनालाई मात्रै बाख्रा दिएर आयोजनाका कर्मचारी भ्रष्टाचार गरेको पिपरा–१ खैरवास्थित सिता तरकारी कृषक समूहका अध्यक्ष रामनरायण यादवले बताए ।

कार्यालय प्रमुख सुकेश्वर झा, अधिकृतहरु रितेश झा, विवेक अर्याल  र जागेश्वर महतोलाई कारवाहिको माग गर्दै महोतरीको पिपरा स्थित आयोजनाको सम्पर्क कार्यालयमा स्थानीयहरुले ताला समेत लगाएका छन् ।


Comment

One thought on “अनुदानमा अनियमितता गर्ने कर्मचारी कारवाहिको माग गर्दै प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved