बोरुसिया डर्टमण्डसँग पीएसजी पराजित

नेपालभ्युज

बोरुसिया डर्टमण्डसँग पीएसजी पराजित

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमण्डले अग्रता लिएको छ ।

घरेलु मैदानमा गएराति भएको पहिलो लेगमा डर्टमण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० ले हराएको हो ।

डर्टमण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे ।

दोस्रो लेग अर्को हप्ता पिएसजीको मैदानमा हुनेछ । यस टाईको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेताविरुद्ध खेल्नेछ ।

यी दुई टोली बीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved