कोशीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

नेपालभ्युज

कोशीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मूख्यमन्त्री कार्कीलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार   संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेका छन् ।

उनले एमालेबाट तिलकुमार मेन्याङ्वोलाई उर्जा मन्त्रीमा नियुक्त गरेका छन् । यस्तै पाँचकर्ण राईलाई वन तथा एकराज कार्कीलाई भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यस्तै सृजना राई भने सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएकी छन्। उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार नै  शपथ गराएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved