साफ यू-१६ मा नेपालको यात्रा समाप्त

नेपालभ्युज

साफ यू-१६ मा नेपालको यात्रा समाप्त

काठमाडौं। साफ यू–१६ च्याम्पियनसिपमा नेपालको यात्रा समाप्त भएको छ।

भुटानको थिम्पुमा  बुधबार भएको खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भएसँगै प्रतियोगितबाट बाहिरिएको हो।

खेलको ३३ औं मिनेटमा जितमामोहम्मदले भारतको लागि निर्णायक गोल गरे।

पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग १-० गोलअन्तरले पराजित भएको थियो। नेपाल अंकविहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

समूह एको शीर्ष स्थानमा भएको भारत र दोस्रो स्थानमा भएको बङ्गलादेशले भने सेमिफाइनलमा स्थान पक्का गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved