एमालेको लुम्बिनी प्रदेश अध्यक्षको लागि आज मतदान, कँडेल र रिजाल मैदानमा

नेपालभ्युज

एमालेको लुम्बिनी प्रदेश अध्यक्षको लागि आज मतदान, कँडेल र रिजाल मैदानमा

काठमाडौं ।  नेकपा एमालेभित्र लुम्बिनीको नेतृत्वका लागि आज मतदान हुँदैछ ।

केही छलफल र प्राविधिक विषय टुंगो लगाएपछि मतदान हुने एमाले लुम्बिनी प्रदेशकी इन्चार्ज पद्मा अर्यालले बताएकी छिन् ।

बुटवलमा जारी प्रदेश अधिवेशनमा अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल खेमाका उम्मेदवार हुन् भने रिजाल महासचिव शंकर पोखरेल समूहका हुन् ।

त्यस्तै पार्टीका प्रदेश सचिव लक्ष्मण आचार्य, केन्द्रीय सदस्यहरू लक्ष्मण ज्ञवाली र भीम केसीले पनि नेतृत्वका लागि लबिङ गरिरहेकै छन् ।

लुम्बिनी एमालेका थुप्रै केन्द्रीय नेताहरुको प्रदेश हो । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मासहित पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरेलगायतका नेताहरू यसै प्रदेशका हुन् ।

उनीहरु सबैजना आफूनिकटका नेताहरुलाई प्रदेश कमिटीमा ल्याउन चाहन्छन् । जसकारण यहाँ प्रतिस्पर्धा पेचिलो बनिरहेको छ ।

कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् ।

यो अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । १२ जिल्लाबाट जिल्लागत रुपमा १८६, अपांगबाट एक, मजदुरबाट ३ र खुल्लाबाट पदाधिकारीसहित १५ जना चयन हुँदैछन् ।

जसअनुसार १२ वटै जिल्ला कमिटीहरुले सहमतिमा नाम पठाउन अलग अलग वैठक सुरु भएका छन् । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरुको पनि निर्वाचन हुने छ । पदाधिकारी पाँच जनाको हुनेछ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved