प्रादेशिक क्रिकेट संघ बागमतीको नेतृत्वमा लड्दै पारस खडका

नेपालभ्युज

प्रादेशिक क्रिकेट संघ बागमतीको नेतृत्वमा लड्दै पारस खडका
फाइल तस्वीर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेतृत्व गर्न चाहेको प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको निर्वाचन जारी छ ।

ललितपुरको धोबिघाटस्थित एक होटलमा शुक्रवार प्रदेशको दोस्रो साधारण सभा तथा निर्वाचनले नयाँ नेतृत्व चयन गर्दैछ । अहिलेसम्म पारस र चितवन जिल्ला क्रिकेट संघका प्रतिनिधि उमेश पियाले नेतृत्वमा दाबी गरेका छन् ।  यद्यपि, शुक्रवार उद्घाटन सत्र सकिएलगत्तै सर्वसम्मति गराउने प्रयास भइरहेको छ । प्रदेशमा कुल ३७ मत छ ।

त्यसमध्ये ६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूको चयनबाट आगामी चार वर्षका लागि १३ सदस्यीय प्रादेशिक क्रिकेट संघको नेतृत्व चयन हुनेछ ।

६ जिल्ला र वर्तमान कार्यसमितिका ७ सदस्यले पारसलाई अध्यक्ष बनाउने सर्वसम्मितिसहित यसअघि नै पत्रकार सम्मेलन गरिसकेकाले उनको दाबेदारी बलियो मानिएको छ । पत्रकार सम्मेलनमा चितवन र नुवाकोटलाई बाहिर राख्दै बाँकी चार जिल्लाले बाँकी पदमा भागभण्डा गर्ने यसअघि नै सार्वजनिक भइसकेको छ ।

क्यानको नेतृत्व गर्ने लक्ष्यसहित राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका पारस प्रदेशको अध्यक्ष जित्दै क्यानको सचिवमा पनि लड्ने योजनामा छन् । उनी काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनाव लड्न प्रतिनिधि बनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved