लगातार फिल्म फ्लप भएपछि गुमनाम आमिर फेरि आउँदै

नेपालभ्युज

लगातार फिल्म फ्लप भएपछि गुमनाम आमिर फेरि आउँदै

एजेन्सी । बलिउड सुपरस्टार आमिर खानका फिल्महरु धेरैलाई मन पर्छ । किनकी उनले एकदमै छानेर मात्र फिल्महरुमा काम गर्छन् ।

तर विगत केही वर्षदेखि लगातार उनका फिल्महरु बक्स अफिसमा पछारिए । त्यसैले उनले फिल्मबाट केही समय विश्राम लिएका थिए । तर अब उनी फेरि आउँदै छन् भन्ने खबर आएको छ ।

आमिर खान एउटा नयाँ फिल्मबाट फेरि धमाकेदार रुपमा आउने तयारी गरिरहेका छन् । जुन फिल्मको नाम भने अझै टुंगिएको छैन । उनको फिल्म आउने क्रिसमसका अवसरमा रिलिज हुनेछ ।

यो अक्षय कुमारको वेलकम ३ सँग टक्राउनेछ । फिल्म विश्लेषक तरण आदर्शले ट्वीटरमा फिल्मको बारेमा बताएका छन् । उनले फिल्मको प्रिप्रोडक्सनको काम चलिरहेको र यो फिल्म २० जनवरी २०२४ मा रिलीज हुने समेत बताएका छन् ।

लगातार फिल्महरु फ्लप भएपछि आमिरले आफ्नो पुरानो शुत्र अपनाएका छन् । विगतमा उनका अत्यधिक फिल्म क्रिसमसको अवसरमा रिलीज हुने गर्थे ।

जो बक्स अफिसमा एकदमै राम्रो व्यापार समेत गर्थे । अब पनि त्यही उपायलाई अपनाउँदै उनले क्रिसमसको अवसरमा आफ्नो फिल्म ल्याउने तयारी गरेको देखिन्छ ।

आमिर खानका डिसेम्बर यानिकी क्रिसमसको अवसर पारेर रिलीज भएका फिल्ममा तारे जमिन पर, गजनी, थ्री इडियट्स, धुम ३, पिके तथा दंगल जस्ता नाम समावेश छन् । जो रिलिज भएसँगै बक्स अफिसमा सुपरहिट सावित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved