सलमानसँग डेब्यू गर्दा पनि चम्किन नसकेका यी बलिउड अभिनेत्री

नेपालभ्युज

सलमानसँग डेब्यू गर्दा पनि चम्किन नसकेका यी बलिउड अभिनेत्री

एजेन्सी । सलमान खानले बलिउड उद्योगमा छुट्टै पहिचान बनाइसकेका छन् । सलमान खानले आफ्नो करिअरमा धेरै सुपरहिट फिल्म दिएका छन् । उनीसँग काम गर्न जो कोही पनि उत्सुक हुन्छ ।

त्यस्तै, धेरै अभिनेत्री छन् जसले सलमानको फिल्मबाट डेब्यु गरेका थिए । तीमध्ये धेरै फिल्म सुपरहिटसमेत भएका थिए । तर, पनि ती अभिनेत्री जम्न सकेनन् ।

जानौं सलमानसँग डेब्यू गर्दा पनि हिट हुन नसकेका अभिनेत्रीका बारेमा ।

भूमिका चावला

फिल्म ‘तेरे नाम’ बाट भूमिका चावलाले डेब्यू गरेकी थिइन् । सलमान खानसँग यस फिल्ममा डेब्यू गरेर पनि भूमिका चावलाको करिअर धेरै लामो समयसम्म चल्न सकेन ।

जरिन खान

जरिन खानले सलमान खानसँग फिल्म ‘वीर’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । झट्ट हेर्दा कैटरिना कैफ जस्तो देखिने जरिनको पनि बलिउडमा त्यति राम्रो करिअर रहेन ।

डेजी शाह

सलमान खानसँग फिल्म ‘जय हो’ बाट डेजी शाहले आफ्नो करिअर सुरुआत गरेकी थिइन् । उनी पनि उक्त फिल्मपछि हराइन  ।

स्नेहा उल्लाल

सलमान खानसँग फिल्म ‘लक्की’ बाट डेब्यू गरेकी स्नेहा उल्लालको पनि बलिउडमा खासै करिअर बन्न सकेन । ऐश्वर्या रायजस्तो देखिने भन्दै चर्चा कमाए पनि उनको यात्रा लामो भएन ।

नगमा

नगमाले सलमान खानसँग हिट फिल्म ‘बागी’ बाट आफ्नो करिअरको सुरुआत गरेकी थिइन् । उनले धेरै फिल्ममा काम गरे पनि फिल्मी करिअर भने खासै सफल हुन सकेन ।

चाँदनी

फिल्म ‘सनम बेवफा’ बाट करिअर सुरु गरेकी अभिनेत्री चाँदनीको पनि बलिउडमा खासै चर्चा भएन । उक्त फिल्ममा भने सलमान र चाँदनीको कामलाई एकदमै धेरै मन पराइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved