ब्रेकअफको अफवाहकै बीच ‘लञ्च डेट’ मा मलाइका–अर्जुन

नेपालभ्युज

ब्रेकअफको अफवाहकै बीच ‘लञ्च डेट’ मा मलाइका–अर्जुन

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोरा सम्बन्धलाई लिएर सधैँ चर्चामा हुन्छन् । केही दिनदेखि उनीहरुको ब्रेकअफ भएको खबर आइरहेको थियो । सबैलाई ब्रेकअफ पक्का जस्तो लागिसकेको थियो ।

तर, अहिले अर्जुन र मलाइकाले आफ्नो ब्रेकअपको खबरलाई विराम लगाइदिएका छन् । एकपटक फेरि अर्जुन र मलाइकालाई सँगै देखिएको छ ।

आइतबार दिउँसो उनीहरु मुम्बईको बान्द्रास्थित वेरोनिका रेस्टुरेन्टबाट निस्कँदै गरेको देखिएका थिए ।

दुवै साथमा रमाइलो समय बिताइरहेको पाइएको छ । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved